सप्तकोशी डेभलपमेण्ट बैंकको बोनस शेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
बैंकको ४ करोड ७२ हजार २६७ दशमलव ०३६८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यससँगै बैंकको साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिनसम्म अर्थात (२०७६ चैत १६ गतेसम्म) कायम शेयरधनीले दोस्रो बजारमा उक्त बोनस शेयर कारोबार गर्न सक्नेछन्।
बैंकले अघिल्लो आव २०७५।७६ को नाफाबाट प्रस्ताव गरी गत असार २१ गते १२ औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजी ७८ करोड ७१ लाख ११ हजार रुपैयाँको ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस शेयर नेप्सेमा बुधवार सूचीकृत भएको हो ।
बोनसपछि बैंकको चुक्ता पूँजी ८३ करोड ४३ करोड रुपैयाँ पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया