नेप्सेको प्रि-ओपनिङ्ग: सत्र कम्पनीको शेयरमूल्य ४ प्रतिशतले बढ्दा ४८ लाखको कारोबार

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आइतबार कारोबारमा आएका ३० कम्पनीमध्ये १७ कम्पनीको शेयरमूल्य ४ प्रतिशतले बढेदा २५ कम्पनीको शेयरमूल्य बढेको छ । आजको कारोबारमा ३ कम्पनीको घटेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर छ ।

नेपाल बैंक, ग्रामीण विकास लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूःल्य घटेको छ भने बेष्ट फाइनान्स र नागरिक लगानी कोषको शेयरमूल्य स्थीर रहेको हो ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा ३० कम्पनीका ५ हजार ७२३ कित्ता शेयर ४८ लाख २८ हजार ७६८ रुपैयाँमा खरीद बिक्री भएका छन्।

आजको प्रिओपनिङमा पनि एनआरएन इन्फ्रास्टक्चरको सहित १७ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको हो ।
यस अवधिमा नेप्से ७.४६ अंकले बढेर १५२८.१६ बिन्दुमा बन्द भएको छ।

प्रकाशित मिति: २८ भाद्र २०७७, आइतबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।