साल्ट ट्रेडिङ्गको लाभांश स्थिर, कति गर्यो प्रस्ताव ?

0
Shares

साल्ट्र ट्रेडिङ्ग कर्पोरेन्सन (STC) को लगातार तीन वर्ष स्थीर लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कूल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

अन्य कम्पनीहरुले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरी कतिपयले साधारण सभा सम्पन्न गरीसक्दा पनि साल्ट ट्रेडिङ्गले एक वर्षअघि ढिला गरी लाभांश प्रस्ताव गरेको हो ।

यसअघि आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ को नाफाबाट पनि कम्पनीले समान शेयरधनीलाई २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद गरी कूल ३५ प्रतिशत नै लाभांश प्रस्ताव गरेका थियो । त्यसअघि २०७२/७३ बाट पनि कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश बाँडेको थियो ।

प्रस्तावित बोनस कर्पोरेशको ५३ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ । लाभांश वितरणपछि कम्पनीको चुक्ता पूँजी १९ करोड १९ लाख ६९ हजार ७५० रुपैयाँ पुग्नेछ ।

 

 

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले मंसिर ३० गते मंगलबार भर्चुअल (जुम मिटिङबाट) वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिबाट प्रस्तावित २५ प्रतिशत बोनस (३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँ) र १० प्रतिशत नगद १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँ पारित गर्नेछ । 

वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।

काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको साल्ट टेड्रिङ्गमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत लगानी रहेको छ ।

कम्पनीको शेयर मंसिर ८ गते सोमबार  नेप्सेमा प्रतिकित्ता ६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ मंसिर २०७७, सोमबार  १४ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।