नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार (पुस १२ गते) दुई कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ ।

आइतबार नेप्सेमा आशा लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्टको गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनस शेयरको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको हो ।

आशा लघुवित्तको १५ प्रतिशत बोनस शेयर समायोजनपछि नेप्सेले ८७० रुपैयाँमा शेयरमूल्य समायोजन गरेको छ भने सिनर्जी पावरको ४.७५ प्रतिशत बोनस समायोजन पछि प्रतिकित्ता २०७ रुपैयाँ शेयरमूल्य निर्धारण गरेको छ ।

नेप्सेले गत बिहीबर कारोबार बन्द भएको अन्तिम मूल्यलाई आधार मानेर प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन गरेको हो । नगद लाभांशमा भने बजार मूल्यको दश प्रतिभन्दा धेरैमा मात्र शेयरमूल्य समायोजन हुने गरेको छ ।

गत बिहीबार आशा लघुवित्तको प्रतिकित्ता १ हजार र सिनर्जी पावरको २१७ रुपैयाँमा अन्तिम पटक दोस्रो बजारमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ पुस २०७७, आइतबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।