एनएमबि बैंकको एकै दिन ३ नयाँ स्थानमा शाखा रहित सेवा संचालनमा

0
Shares

एनएमबि बैंकले एकै पटक तीन नयाँ स्थानमा शाखा रहित सेवा संचालनमा ल्याएको छ ।

बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यका साथ प्रदेश १ मा रौतमाई गाँउ पालिका–०६, चिसापानी, उदयपुर, प्रदेश २ मा क्रमशः तिरहुत गाँउपालिका–०४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाँउपालिका–८, टोपा सप्तरीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

यो समेत बैंकको शाखा रहित सेवाको संख्या ३३ पुगेको छ ।

बैंकले शाखा रहित सेवाले देशभरिका सर्वसाधारण साथै सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पुरा गर्ने प्रयास गर्नुको साथै र्बैकको उपस्थितिको आधारलाई मजबुत बनाउने विश्वास लिएको छ ।

एनएमबि बैंकले १८० शाखाहरु, ९ विस्तारित काउन्टरहरु, ३३ शाखा रहित सेवा, १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ४०० पोस मसिन र १०,००० भन्दा बढी क्यूआर कोड मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ पुस २०७७, आइतबार  १४ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।