सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश घोषणा

0
Shares

सेन्ट्रल फाइनान्स ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्स सञ्चालक समितिको पुस १२ गते सम्पन्न २९६ औं बैठकले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जस अनुसार फाइनान्सले ८२ करोड ३३ लाख ९७ हजार ८५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ बराबरको बोनस शेयर र २ करोड ४७ लाख १ हजार ९३५ रुपैयाँ ७७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनसपछि फाइनान्सको चुक्ता पूँजी ८८ करोड १० लाख ३५ हजार ७०० नाघ्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई फाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ ।

अघिल्लो आव २०७५/७६ बाट फाइनान्सले शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ पुस २०७७, सोमबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।