गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित लाभांश लगायतका अन्य विभिन्न प्रस्तावहरु पारित गर्न आज तीन कम्पनीको साधारण सभा हुँदैछ ।
समता लघुवित्त, घरेलु लघुवित्त र सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आज साधारण सभा हुँदैछ ।
समता लघुवित्तले आज सभा सम्पन्न हुने साधारण सभाबाट गत आवको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ ।
समता लघुवित्तको साधारण सभा बिहान १०:३० बजे होटल क्लासिक सिमरामा हुँदैछ । घरेलु लघुवित्तले आफ्नो दोस्रो साधारण सभा बिहान ११ बजे पन्चकन्या बैंक्वेट बनेपा ८ काभ्रेपलाञ्चोकमा आह्वान गरेको छ ।
लघुवित्तले घरेलु लघुवित्त र समता लघुवित्तबीचको एक आपसमा कायम भएको शेयर स्वाप रेसियो स्वीकृति प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछन् ।
सानिमा मिडल तमोरको सधारण सभा अकामा होटल धुम्बाराइ काठमाण्डौमा बिहान ११ बजे आह्वान गरिएको छ । तमोरको सभाले कम्पनीको जारी पूँजी ३ अर्बबाट वृद्धि गरी ३ अर्ब ३३ करोड २५ लाख पुर्याउने लगायतका प्रस्तावहरु पारित गर्दैछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया