सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।
सिमेन्ट उद्योगको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार आगामी माघ ६ गते हुने दोस्रो साधारण सभाबाट उक्त प्रस्ताव पारित गर्न लागेको हो ।
कम्पनीको वार्षिक साधारण सभा काठमाडौं–३२ तीनकुनेमा रहेको न्यौपाने टावरमा बोलाइएको छ ।
साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिङ विधिबाट गर्ने प्रस्ताव, दोस्रो बार्षिक प्रतिवेदनका साथै आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने लगायतका एजेण्डा पारित गर्नेछ ।
शेयर बजारको प्राथमिक निष्काशनमा प्रयोग हुने बुक बिल्डिङ्ग विधि के हो ?
बुक विल्डिङ्ग प्रक्रियामा आसय मूल्य दिने लगानीकर्ताले शेयर किन्न अनिवार्य नहुने
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया