गुराँस लाइफको बोनस सूचीकृत

0
Shares

गुराँस लाइफ (GLICL) को ५.२५ प्रतिशत बोनस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ । कम्पनीको ९ लाख ८५ हजार ४४६ कित्ता शेयर सूचीकृत भएको हो ।

गुराँसको गत मंसिर ४ गते बिहीबार सम्पन्न दशौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४।०७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्न अनुमोदन गरेको ५.२५ प्रतिशत बोनस शेयर मंगलबार सूचीकृत भएको हो ।

सूचीकरणसँगै कम्पनीको साधारण सभाका लागि बुकक्लोज भएको अघिल्लो दिन अर्थात कार्तिक १९ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहन आएका शेयरधनीले उक्त बोनस शेयर अब धितोपत्रको दोस्रो बजार मार्फत खरीद बिक्री गर्न पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष ०७४७५ को नाफाबाट १ अर्ब ८७ करोड ७० लाख ४० हजारको ५.२५ प्रतिशतले हुन आउने ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका ९ लाख ८५ हजार ४४६ कित्ता बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिबाट पारित गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ पुस २०७७, मंगलबार  ११ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।