युनाइटेड फाइनान्सको साधारण सभा आह्वान, शेयरधनीलाई छैन लाभांश

0
Shares

युनाइटेड फाइनान्स (UFL) ले पुस २९ गते बुधबार २६ औं साधारण सभा आह्वान गरेको छ ।

फाइनान्स सञ्चालक समितिको पुस ७ गते सम्पन्न सञ्चालक समितिको २५६ औं बैठकले केन्द्रीय कार्यलय आइ. जे प्लाजा दरबार मार्ग काठमाण्डौमा सभा आह्वान गरेको हो । सभा बिहान साढे १० बजे बोलाइएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

फाइनान्सले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीलाई लाभांश भने वितरण नगर्ने भएको छ । फाइनान्सले शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्नेभएपछि शेयरधनीहरु भने निराश भएका छन् ।

फाइनान्सको सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न २५५ औं बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।

सभामा सञ्चालक समिति अध्यक्षद्वारा प्रस्तुत आव २०७६।७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान सहितको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरु र लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते देखि पुस २९ गते सम्म बुक क्लोज मिति तोकेको छ । तसर्थ पुस १३ गते सोमबार सम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनी मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

फाइनान्सको चुक्ता पूँजी एक अर्ब ४ करोड ८ लाख ३४ हजार ६४६ रुपैयाँ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ पुस २०७७, मंगलबार  १२ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।