बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबार छापावाला सुन तोलामा ९४ हजार २०० रुपैयाँ , तेजावी सुन ९३ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ , तेजावी ९३ हजार ६ सय रुपैयाँ र चाँदी तोलामा १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया