राष्ट्र बैंकले २० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ बराबरको २८ दिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको हो ।

केन्द्रीय बैंकले बिहीबार निष्कासन गर्ने २० अर्बको निक्षेप उपकरण संकलन बजारको तरलता, डिपोजीट रेट तथा समग्र प्रणालीको अवस्थालाइ विश्लेषण गरेर निष्कासन गर्न लागेको हो।

केन्द्रीय बैंकले २८ दिनपछि सावाँ तथा ब्याज भुक्तानी गर्ने गरी निष्काशन गर्न लागेको निक्षेपको पुस १६ गते बिहीबार दिउँसो २ बजे अनलाईन बिडिङ मार्फत बोलकबोल हुनेछ । जसको ब्याजदर पनि बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ । उक्त निक्षेप आगामी माघ १५ गते परिपक्क हुने राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलमा ल्याउनका लागि अल्पकालीन वित्तीय औजार डिपोजीट कलेक्सन निष्कासन गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समयमा बैंक वित्तीय संस्थाले ब्याजदर घटाएको भएपनि निक्षेप बढ्ने तथा कर्जाको माग नभएका कारण निक्षेप कलेक्सन मार्फत बजारको अधिक तरलतालाइ सन्तुलन कायम गर्न अल्पकालीन वित्तीय औजार प्रयोग गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा क्रमशः बाँडफाँट गरिने केन्द्रीय बैंकले जनाएको छ ।

खुला बजार कारोबार संचालन समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ । राष्ट्र बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा सवा एक खर्ब बढी अधिक तरलता छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १५ पुस २०७७, बुधबार  १८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।