सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

0
Shares

सुनको मूल्य नेपाली बजारमा बिहीबार तोलामा एक सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार १००, तेजावी ९३ हजार ६०० रुपैयाँ र चाँदी तोलामा १ हजार ३०० रुपैयाँ तोकिएको छ । चाँदी ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार पुस ९ गते बिहीबार र पुस १४ गते मंगलबार पनि आजकै भाउमा सुनचाँदीको कारोबार भएको थियो ।

बुधबार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ , तेजावी ९३ हजार ७०० रुपैयाँ र चाँदी १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १६ पुस २०७७, बिहिबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।