डेभलपमेन्ट बैंकहरुले पनि साना तथा मझौला उद्योगहरुलाई ऋण सहजीकरण गर्ने


विकास बैंकहरुले पनि साना तथा मझौला(एसएमई) उद्योग व्यवसायहरुलाई ऋण प्रदान गर्न सहजीकरण गर्ने भएका छन् । आइतबार उद्योग बाणिज्य महासंघसंग सहमती गर्दै डेभलपमेन्ट बैकर्स एसोसिएशनले एसएमइलाई कर्जा सहजिकरण गर्न जनाएको हो ।

समझदारीपत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार एशोसिएसनका सदस्य विकास बैंकहरूलाई लघु, घरेलु साना तथा मझौला उद्योगहरूको माग अनुसार सरल एवं सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्नेछन् । महासंघले यसभन्दा अघि गत फागुनमा बैंकर्स संघसंग पनि एसएमइलाई वित्तीय स्रोत संकलनमा सहजीकरण गर्ने सहमती भएको थियो ।

सदस्य बैंकहरुले व्यवसायीहरूलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापन सम्बन्धी प्रशिक्षण समेत गmराउनने छन् । उत्पादनमुलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसायको प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम संचालन गर्न बैंकहरुले जनचेतना वितरण गर्ने समेत जनाएको छ ।

वित्तीय सेवाहरूको छनौट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्ने काम पनि विकास बैंकहरुले साना तथा मझौला व्यवसायीहरुलाइ गर्नेछन् । कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवाह गरिने कर्जाहरूलाई प्राथमिकतामा राखी प्रविधि मैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था समेत मिलाइने समेत महासंघले जनाएको छ ।

कार्यक्रममा महासंघका उपाध्यक्ष श्रेष्ठले एसएमईजले वित्तीय स्रो जुटाउने क्रममा भोग्दै आएको समस्यालाई यो सहमतीले सहयोग गर्ने बताए । मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान गरेको एसमएमईज फस्टाउन यो सम्झौताले विशेष सहयोग पुग्ने उनको भनाइ छ ।
महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको हुने बताए । यो सहकार्य मुलुकभित्र एसएमईजको विकासमा कोशेढुंगा हुने उनको भनाइ छ ।

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रबद्र्धन एवं संरक्षणका लागि यो सहकार्यलाई परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गरेको छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत २०७७, आइतबार  १८ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।