लगातार २ दिनको गिरावट पछि दोहोरो अंकले सुधार आउँदा नेप्से परिसुचक २७ सय विन्दु माथि


काठमाडौँ । लगातार दुई दिनको गिरावट पछि दोहोरो अंकले सुधार आउँदा सेयर बजार परिसुचक नेप्से २७ सय अंक माथि पुगेको छ । बुधबार नेप्से परिसुचक २२.०४ अंकले बढेर २ हजार ७०५.९० अंकमा पुगेको हो ।

कारोबारमा आएका ३१६ कम्पनीको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर ६२ हजार ८८४ पटक किनबेच हुँदा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से ०. १४ अंकले घटेर २६८३.८६ अंकमा पुग्दा कारोबार रकम ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ पुगेको थिया भने सोमबार नेप्से २२.३५ अंकले घटेर २६८४.०१ अंकमा पुग्दा कारोबार रकम ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ पुगेको थियो ।

बुधबार वित्त समूह ९.४९ अंकले घट्दा अरु सबै समूहमा हरियाली देखिएको छ । उत्पादन तथा प्रशोधन समूह ६८.१२ अंकले, लघुवित्त समूह ४१.२० अंकले, निर्जीवन बीमा समूह ३१.२३ अंकले, बैंकिङ्ग समूह २३.४४ अंकले बढेको छ ।

यस्तै, बरुण हाइड्रोपावरको सेयर मूल्य ६.२१ प्रतिशतले बढेको छ । पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ४.२८ प्रतिशत, एनआइसी एसीया बैंकको सेयर मूल्य ३.९३ प्रतिशत, सीइडीबी होल्डीङको सेयर मूल्य ३.८८ प्रतिशतले र न्यादी हाइड्रोपावरको सेयर मूल्य ३.७४ प्रतिशतले बढेको छ ।

यता, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.४१ प्रतिशतले घटेको छ । एनएमबी हाइब्रीड फन्डको एल दोस्रोको सेयर मूल्य ३.०१ प्रतिशत, पिपुल्स हाइड्रोपावरको सेयर मूल्य २.७७ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य २.४४ प्रतिशतले र खानीखोला हाइड्रोपावरको २.२९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा रादी विद्युत ४६ करोड ७१ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार सहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा लक्ष्मी भेल्यु फन्ड(२) १० लाख ३ हजार इकाईको कारोबार सहित शीर्षस्थानमा छ । कारोबार संख्याको आधारमा बरुण हाइड्रोपावर १ हजार ५४७ पटकको कारोबार सहित शीर्षस्थानमा छ ।

बुधबारको कारोबार सँगै कूल बजार पूँजीकरण ४५ खर्ब ८ अर्ब ४२ करोड ८२ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार  १६ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।