रसुवाको मितेरी पुल पुन:सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने


काठमाडौँ । रसुवाको मितेरी पुल पुन:सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने निर्णय गरेको छ । विपद् कार्यकारी परिषद्ले मंगलबार साँझ बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णयबारे विपद् जोखिम तथा न्युनीकरण प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए।

‘मितेरी पुल चीन र नेपालबीचको महत्त्वपूर्ण नाका भएकाले यसलाई तत्कालै सुचारु गर्नका लागि त्यहाँ जुन सडक बनिरहेको छ,’ र ‘त्यो पहिलादेखि नै चीनकै मद्दतबाट बनेकाले फेरि सहयोगका लागि चीनसँग अनुरोध गर्ने निर्णय भएको भट्टले बताए।’

प्रकाशित मिति: २५ असार २०८२, बुधबार  १७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।