जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क साढे ६४ अर्ब नजिक, गत आवको तुलनामा ५५% बढ्यो

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं
२१जेष्ठ, २०७८, शुक्रबार / Jun 04, 2021 15:18:pm

बैशाख मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले ६४ अर्ब ३४ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् । गत आवको यसै अवधिमा ४१ अर्ब ५३ करोड बीमाशुल्क संकलन गरेका जीवन बीमा कम्पनीहरुले गत आवको यसै अवधिको तुलनामा ५४.९२ प्रतिशतले नवीकरण शुल्क वृद्धि गरेका हुन् ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब २ करोड रुपैयाँ बराबरको नयाा व्यवसाय विस्तार गरेका छन् । गत आवको दश महिनाको तुलनामा चालु आवको दश महिनामा जीवन बीमाको नयाँ व्यवसाय ५८ प्रतिशतले विस्तार भएको छ । यसैगरी बैशाख मसान्तसम्ममा ९ वटा जीवन बीमा कम्पनीहरुले ५३ करोड रुपैयाँ वैदेशिक रोजगार बीमाशुल्क संकलन गरेका छन् ।

चालु आवको दश महिना अवधिमा नयाँ व्यवसाय, नवीकरण तथा वैदेशिक रोजगार बीमाशुल्क समेत गरी कुल ९८ अर्ब ८९ करोड बीमाशुल्क संकलन गरेका छन् । गत आवको यसै अवधिको तुलनामा समग्रमा जीवन बीमाको व्यवसाय ५६ प्रतिशतले बढेको हो ।

बीमा समितिको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६४ अर्ब ३४ करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल लाइफ इन्स्यारेन्सले गत आवको तुलनामा ४३.९७ प्रतिशतले नवीकरण बीमाशुल्क वृद्धि गर्दै सबैभन्दा धेरै १९ अर्ब ४५ करोड रुपैयाँ उठाएको छ । जुन सबै जीवन बीमाहरुले उठाएको रकमको नेपाल लाइफ एक्लैको ३० प्रतिशत हिस्सा हो ।

समितिको तथ्याङ्क अनुसार नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोशन नेपालले ११ अर्ब २५ करोड रुपैयाँ नवीकरण बीमाशुलक संकलन गरेको छ । गत आवको यसै अवधिमा ८ अर्ब ७ करोड नवीकरण संकलन गरेकोमा कम्पनीले ३९.४१ प्रतिशतले वृद्धि गरेको हो ।

त्यस्तै राष्ट्रिय बीमा संस्थान र नेपाल लाइफले ६ अर्बभन्दा बढी नवीकरण शुल्क संकलन गर्दा एशियन लाइफ, र मेट लाइफले ३ अर्ब बढी संकलन गरेका छन् । युनियन र प्राइम लाइफले २ अर्ब बढी, सूर्या लाइफ, गुराँस लाइफ, र सिटिजन्स लाइफको नवीकरण बीमाशुल्क एक अर्बभन्दा बढी दुई अर्बभन्दा कम रहेको छ ।

SNSector-Life Insurance Renew Premium in arab
  Company Name
2077/078 Baishakh End2076/077 Baishakh EndChange %
1Nepal Life Insurance Company19.4513.5143.97
2Life Insurance Co Nepal11.258.0739.41
3Rastriya Beema Sansthan6.505.1925.24
4National Life Insurance Company6.153.9256.89
5Asian Life Insurance Company3.162.0454.90
6American Life Insurance Company  (MetLife)3.082.2238.74
7Union Life Insurance2.791.25123.20
8Prime Life Insurance Company 2.131.3755.47
9Surya Life Insurance Company 1.780.72147.22
10Gurans Life Insurance Company 1.690.9970.71
11Citizen Life Insurance Company 1.110.34226.47
12Jyoti Life Insurance Company 0.930.38144.74
13IME Life Insurance Company 0.920.31196.77
14Reliance Life Insurance 0.830.26219.23
15Sun Nepal Life Insurance Company 0.770.33133.33
16Reliable Nepal Life Insurance 0.600.29106.90
17Sanima Life Insurance Company 0.540.18200.00
18Prabhu Life Insurance Company 0.440.16175.00
19Mahalaxmi Life Insurance Company 0.220.00100.00
 Total64.3441.5354.92

 

ज्योति, आईएमई, रिलायन्स, सन नेपाल, रिलायबल, र सानिमा लाइफ इन्स्योरेन्सको नवीकरण बीमाशुल्क संकलन ५० करोडदेखि एक अर्बको बीचमा रहेको छ । प्रभु लाइफ र महालक्ष्मी लाइफको नवीकरण बीमाशुल्क ५० करोडभन्दा कम रहेको छ ।

समीक्षा अवधिमा सिटिजन्स लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सको नवीकरण बीमाुशल्क २०० प्रतिशत बढीले वृद्धि भएको छ । आइएमई, प्रभु, सूर्या, ज्योति, सन नेपाल, युनियन, रिलायबल र महालक्ष्मी विकास बैंकले पनि शतप्रतिशत धेरैले नवीकरण शुल्क बढाएका छन् ।

यस अवधिमा गुराँस लाइफ, नेशनल, प्राइम र एशियन लाइफले ५० प्रतिशत धेरैले नवीकरण बीमाशुल्क रकम वृद्धि गर्दा नेपाल लाइफ, एलआईसी, मेट लाइफ र राष्ट्रिय बीमा संस्थानको नवीकरण शुल्क ५० प्रतिशतभन्दा कम रहेको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले सबैभन्दा कम २५.२४ प्रतिशतले मात्र नवीकरण शुल्क वृद्धि गरेको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments