एन आई सी एशिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न खातावालाहरुलाई अनुरोध गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्न बैंकले यस्तो आग्रह गरेको जनाएको छ ।
बैंकको पोर्टल प्यानअपडेट डट एनआईसी एशिया बैंक डटकम वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेट विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । साथै आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्न सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटेको करलाई इटिडिएस रेकर्डमा जनाउनको लागि प्यान आवश्यक परेको जनाएको छ । प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण प्यानमा प्रविष्ट गरिने र आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले खातावालालाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्था नहुने बैंकले जनाएको छ ।
प्यान अद्यावधिक नगराएकै कारण इटिडिएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने पनि बैंकले जनाएको छ ।












प्रतिक्रिया