बैंकिङ्ग समुह चम्किएपछि कारोबारमा नयाँ रेकर्ड, नेप्से ५० अंकले बढ्दा सूचक २ हजार ९०० बिन्दुमाथि

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२३जेष्ठ, २०७८, आईतवार / Jun 06, 2021 16:02:pm

साताको पहिलो कारोबार दिन आइतबार बैंकिङ्ग समुहमा लगानीकर्ता फर्किएपछि नेप्सेमा ५०.१४ अंकको धेरै वृद्धि हुँदै नेप्से सूचक यसअघि कायम भएको जेठ १६ गतेको १७ अर्ब २ करोडको कारोबारको रेकर्ड तोडिएर जेठ २३ गते ऐतिहासिक रेकर्ड कायम भएको छ ।

आइतबार कायम भएको २९०६.८९ बिन्दुको नेप्से परिसूचक र १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँको कारोबार रकम दुवै नयाँ रेकर्ड हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबारमा आएका १३ मध्ये ६ समुहको सूचक ऋणात्मक बनेको छ भने ७ वटा समुह उकालो लागेको छ ।

बैंकिङ्ग इन्डेक्समा ३.६६ प्रतिशतको बढोत्तरी भएको बजारमा लगानी समुह सर्वाधिक ३.९७ प्रतिशतले बढेको छ । अन्य ३.०३ प्रतिशत, विकास बैंक २.३८ प्रतिशत, म्युचुअल फण्ड १.६० वित्त १.४३ र लघुवित्तको सूचक ०.०८ प्रतिशतले बढेको छ । जलविद्युतको इन्डेक्स सर्वाधिक १.६३ प्रतिशतले घट्दा उत्पादन १.१४ र ब्यापार १.०२ प्रतिशतले घटेको छ । जीवन बीमा, निर्जीवन बीमा र होटल तथा टुरिजमको इन्डेक्स आधा प्रतिशत धेरैले घटेको छ ।

आइतबार नेप्से परिसूचक १.७६ प्रतिशतले बढेको बजारमा सेन्सेटिभ परिसूचक ७.८८ अंकले बढेर ५२०.९९ बिन्दुमा पुगेको छ । यसदिन कूल २१८ वटा कम्पनीको १ लाख ७१ हजार ६० वटा संख्यामा ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

पुनर्बीमा कम्पनीको उच्च कारोबार

नेपाल पुनर्बीमा कम्पनीको आइतबार सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १ अर्ब २१ करोड १४ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोड ९० लाख र लुम्बिनी विकास बैंकको ५४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ । कुमारी बैंक, मेगा बैंक, नेपाल बङ्गलादेश बैंक, प्रभु बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक र सेञ्चुरी कमर्सियल बैंकको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको सैञ्चुरी कमर्सियल बैंकको ३४ करोड ९६ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ ।

पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, राधी विद्युतका लगानीकर्ताले धेरै गुमाए

आइतबार पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकमा लगानीकर्ताको धेरै आकर्षण रहँदा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनी सबैभन्दा धेरै कमाउने सूचीको अग्र स्थानमा रहेका छन् ।

गुडविल फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, रिडी हाइड्रोपावर कम्पनी र नेपाल बंगलादेश बैंकको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।

आइतबारको बजारमा राधी विद्युतको शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै ८.५६ प्रतिशतका दरले गुमाएका छन् भने दिश्यश्वरी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, आँखुखोला हाइड्रोपावर, युनियन र घलेम्दी हाइड्रोपावरको शेयर लगानीकर्ताले ५ प्रतिशत धेरैले गुमाएका छन् ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments