बैंकिङ्गमा उछाल आएपछि नेप्से २ हजार ९०० बिन्दुमाथि, एक घण्टामा ६ अर्ब धेरै कारोबार

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार बैंकिङ्ग समुहमा उछाल आएपछि शेयर बजार परिसूचक नेप्से २ हजार ९०० बिन्दुभन्दा माथि पुगेको छ । आइता प्रि ओपनिङ्गमा नै २७ अंकभन्ददा बढी बढेको नेप्से १ घण्टा अवधिमा ६० अंक बढीले बढेको हो ।

यस अवधिमा नेप्सेमा ६०.२८ अंक वृद्धि भई २ हजार ९१७.०५ बिन्दुमा पुगेको छ । कारोबारमा आएका ७९ कम्पनीको मूल्य बढ्दा ९४ कम्पनीको घटेको छ भने ७ कम्पनीको स्थीर रहेको छ ।

एक घण्टा कारोबार अवधिमा नै आइतबार ६ अर्ब ५१ करोडको शेयर कारोबार भएको छ । बैंकिङ्गमा आएको उछालले नेप्से र कारोबार ऐतिहासिक बिन्दुमा पुग्ने संकेत गरेको छ । पछिल्लो बिहीबार नै सूचकमा सबैभन्दा धेरै अंकको रेकर्ड कायम भएकोमा आइतबार जेठ १६ गते कायम भएको १७ अर्ब २ करोडको कारोबार रकमको रकेर्ड समेत तोडिने अवस्था देखिएको छ ।

एक घण्टाको अवधिमा पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५१ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने निफ्राको ४३ करोड ५९ लाख र लुम्बिनी विकास बैंकको २५ करोड ६५ लाखको शेयर कारोबार भयो ।

एक घण्टामा महिला लघुवित्त, रिडी हाइड्रोपावर, लक्ष्मी बैंक, नेपाल बंगलादेश बैंकको मूल्य दश प्रतिशतले बढेको छ भने जोशी हाइड्रोपावरको सर्वाधिक ८.६३ प्रतिशतले घट्दा दिब्यश्वरी, युनाइटेड मोदी हाइड्रोपावर, राधी विद्युत र आँखुखोला हाइड्रोपावरको पनि ५ प्रतिशतभन्दा धेरैले मूल्य घटेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।