अभिकर्ताको लोभ र कमजोरीले ‘पोलिसी सरेण्डर’ बढ्यो, कडाई गर्दै समिति

0
Shares

एक वर्षमा १० अर्बका पोलिसी सरेण्डर भएका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीका ९ अर्ब ८८ करोड १४ लाख ९४ हजार रुपैयाँका पोलिसी सरेण्डर भएका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार गत असार मसान्तसम्ममा सरेण्डर पोलिसीको संख्या ६३ हजार ३३१ रहेको छ ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अघिल्लो वर्षदेखि पोलिसी सरेण्डरको दर बढेको बताए । अभिकर्ताले बीमितलाई प्रलोभनमा पारेर बीमा गर्दा यस्तो समस्या देखिएको उनको भनाई छ । “अभिकर्ताले पोलिसी बेच्योे, आफ्नो इन्सेन्टिभ खायो, आफ्नो कमिशन बुझ्यो, भने अनुसार नहुँदा बीमालेख सरेण्डर गरायो” उनले भने ।

सरेण्डर संख्या एलआइसीको धेरै, रकमका आधारमा नेपाल लाइफ अघि

गत आवमा सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) को सरेण्डर संख्या धेरै छ भने रकम नेपाल लाइफको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) मा ३ अर्ब ५३ करोड ६७ लाख २४ हजार रुपैयाँ बरारबरका २२ हजार २६७ वटा बीमालेख सरेण्डर भएका छन् । नेपाल लाइफ इन्स्योरेन्समा ३ अर्ब ८५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरका २० हजार ४७६ वटा बीमालेख सरेण्डर भएका छन् ।

कुन कम्पनीको कति ?

नेशनल लाइफ इन्स्योरेन्सको ५७ करोड २३ लाख १० हजार रुपैयाँका ६ हजार २२६ वटा बीमालेख सरेण्डर भएका छन् । पूराना जीवन बीमा कम्पनीतर्फ मेट लाइफ इन्स्योरेन्समा ३५ करोड ७१ लख ६ हजार, एशियन लाइफका ३६ करोड ८१ लख ५१ हजार रुपैयाँका ४ हजार ६०, गुराँस लाइफ इन्स्योरेन्सका ८ करोड १८ हजार रुपैयाँका १ हजार ४ सय, सूर्या लाइफको १० करोड ३० लाख ६३ हजार रुपैयाँका २ हजार ११० वटा बीमालेख सरेण्डर भएका छन् ।

यस्तै, नयाँ जीवन बीमा कम्पनी तर्फ आइएमई लाइफको १ करोड ६ लाख ६२ हजार रुपैयाँको १२८, युनियन लाइफको ६ करोड ६२ लाख ९७ हजार रुपैयाँको १४०, ज्योति लाइफको ४ करोड १२ लाख १३ हजार, सन नेपाल लाइफको ५७ लाख १९ हजार, रिलायन्स लाइफको १ करोड १ लाख ९३ हजार, रिलायबल नेपाल लाइफको १ करोड ३६ लाख ७३ हजार, सिटिजन लाइफो ८८ लाख ७० हजारका ११३, सानिमा लाइफको ८१ लाख ४९ हजार, प्रभु लाइफको ६४ लाख ४७ हजारको ७१ र महालक्ष्मी लाइफको १९ करोड १९ लाख २९ हजार रुपैयाँको १८६ वटा बीमालेख सरेण्डर भएका छन् ।

अध्ययनमा बीमा समिति

अर्को वर्षदेखि भने पोलिसी सरेण्डरको दर घटाउने लक्ष्य लिएको समितिका अध्यक्ष सिलवालले जानकारी गराए । समितिले बीमालेख खरिद गरेको मितिदेखि ३ वर्ष नभएसम्म बीमालेख समर्पण गर्न नपाउँने व्यवस्था गरिएको उनको भनाई छ ।

“कानूनमा लेखिए अनुसारको कुरालाई हुँदैन भन्न मिल्दैन, सकेसम्म बीमालेख सरेण्डर नहोस् भन्ने प्रयास हो” उनले भने । “कम्पनी, कम्पनीका अभिकर्ता र बीमितको आ–आफ्नो ईच्छाले होला हामी अब चाँही त्यसको पक्षमा छैनौँ ।”

सरेण्डरको दर बढ्दै गए पछि समितिले सरेण्डर किन भयो कसरी भयो भनेर अध्ययनमा लागि परेको उनले बताए । “सरेण्डर कसरी भएको हो, कसले गराएको हो, नेपाल लाइफ र एलआइएसी नेपालमा धेरै सरेण्डर भएको छ” उनले थपे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

 

 

 

 

प्रकाशित मिति: २७ भदौ २०७८, आइतबार  १८ : ४८ बजे