एनआर​एन इन्फ्रास्ट्रक्चरद्धारा हिमालयन पावरको शेयरमा ‘इन्साइडर ट्रेडिङ’, दुबै कम्पनीको अध्यक्ष जीवा लामिछाने

0
Shares

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले आन्तरिक सूचनाका आधारमा हिमालयन पावर पार्टनरको शेयर बिक्री गरेको छ । दुबै कम्पनीको अध्यक्षमा एकै व्यक्ति रहेर आन्तरिक सूचनाका आधारमा शेयर बिक्री गरिएको हो ।

दुबै कम्पनीको अध्यक्षमा गैरआवसीय नेपाली संघका पुर्व अध्यक्ष समेत रहेका जीवा लामिछाने छन । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले हिमालयन पावर पार्टनरमा रहेको शेयर बिक्री गरेको नेप्सेका एक अधिकारीले बताए । “एनआएनले हिमालयन पावर पर्टनरको नाममा रहेको शेयर बिक्री गरेको देखिन्छ” ती अधिकारीले भने,“कानुन अनुसार दुबै संस्थाको अध्यक्षमा एकै व्यक्ति रहेको अवस्थामा शेयर बिक्री गर्न मिल्ने देखिदैन ।”एनआरएनले हिमालयन पावरमा ३८ करोड रुपैयाँ बराबरको संस्थापक शेयर लगानी गरेको थियो । पछिल्ला दिनहरुमा एनआरएनले सोही अन्तर्गतको शेयर बिक्री गरेको हो ।

संस्थापक शेयरको लकइन पिरियड सकिएको र धितोपत्र बजार बुलिस ट्रेण्डमा रहेकाले एनआरएनले नाफा बुक गर्ने उपयुक्त अवसरको सदुपयोग गरेको देखिन्छ । तर, कानुनले यसरी कारोबार गर्न बन्देज गरेको छ । कुनै पनि सूचिकृत कम्म्पनीको सञ्चालकबाट राजिनामा दिएको एक वर्ष नपुग्दासम्म सम्बन्धित कम्पनीको शेयर कारोबार गर्न बन्देज गरेको छ ।

एनआरएन र हिमालयन पावर पार्टनरको सन्दर्भमा दुबै संस्थाको अध्यक्षको रुपमा जीवा लामिछाने बाहल नै रहेको अवस्थामा शेयर कारोबार गरिएको छ । सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७४ अनुसार सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालक, तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्नु हुँदैन । यो व्यवस्था अनुसार जीवा लामिछाने दुबै संस्थाको अध्यक्षको रुपमा रहन सक्दैनन् ।

एनआरएन इन्फ्राइष्ट्रक्चर एण्ड डेभलपमेन्टले विभिन्न जलविद्युत कम्पनीहरुमा लगानी गर्दैै आएको छ । हिमालयन पावर पार्टन कम्पनीले पनि विभिन्न जलविद्युत कम्पनीहरुमा लगानी गर्दै आएको छ ।

त्यसैगरी सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७४ अनुसार सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर, डिबेञ्चर खरीद बिक्री गर्न पादैनन्।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्रसम्बन्धी ऐन वा ऐनअन्तर्गत बनेको नियम वा विनियम वा सोअन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

त्यसैगरी सोही दफाको उपदफा (६) मा कसैले धितोपत्रसम्बन्धी ऐन वा ऐनअन्तर्गत बनेको नियम वा विनिमय बमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार संचालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

त्यसैगरी भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था धितोपत्र ऐनमा रहेको छ । ऐन अनुसार कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले १० वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य हुदैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।