कानुनमा सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा कर लाग्ने स्पष्ट व्यवस्था हुँदा पनि दुविधा किन ?


सेयर प्रिमियमबाट भएको आम्दानीबाट लाभांश वितरण गर्दा आयमा गणना गर्नु पर्ने व्यवस्था आयकर ऐन २०५८ ले गरेको छ । आन्तरिक राजस्व विभागले एक वर्ष अघि प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा हिताधिकारीलाई कर लाग्ने भएपनि निकायलाई नलाग्ने गरी व्याख्या गरेपछि दुविधा देखिएको हो ।

आयकर ऐन अनुसार केही आम्दानीबाट लाभांश वितरण गर्दा निकायको आयमा गणना गर्न नपर्ने गरी छुट दिएको छ । त्यसरी छुट दिइएका आम्दानीहरुलाई व्याख्या गरेको आयकर नियमावली २०५९ मा प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा नलाग्ने भनेर प्रष्ट उल्लेख गरेको देखिदैन ।

आयकर ऐनको दफा ५३ को निकायबाट हुने वितरण शिर्षक अन्तर्गत भनिएको छ, “(१) निकायबाट हुने वितरणमा देहायका कुराहरू समावेश गर्नु पर्नेछ ः– (क) निकायबाट आफ्नो कुनै हिताधिकारीलाई कुनै पनि हैसियतले गरिएको भुक्तानी, वा (ख) मुनाफाको पुँजीकरण ।” यो दफाको उपदफा एकको (क) अनुसार लाभांशमा हिताधिकारीलाई ५ प्रतिशत कर लाग्छ । तर, त्यसरी वितरण गरेको रकममा पनि निकायले कर तिरेको हुनुपर्ने सन्दर्भमा दफा ५६ को उपदफा ३ ले निकायले पनि कर तिर्नु पर्ने विषय आकर्षित हुन्छ ।

आयकर ऐनको दफा ५६ को उपदफा ३ को दोस्रो वाक्यसंलाई थप ब्याख्या गर्दै आयकर नियमावली २०५९ ले पनि निकायले हितकारीलाई सेवा वा प्रयोगका लागि सम्पत्ति उपलब्ध गराएमात्र आयमा गणना गर्न नपर्ने भनि स्पष्ट पारेको छ ।

तर, आन्तरिक राजस्व विभागले २०७७ बैंशाख २० गते निर्णय गर्दै प्रिमियम खातामा रहेको रकमबाट बोनस सेयर जारी गर्न प्रयोग भएको अवस्थामा लाभांश सरह मानी अन्तिम रुपमा करकट्टटी विधिले कर लगाउनु पर्ने व्यवस्था गरेको छ । उक्त निर्णय अनुसार हिताधिकारीको करलाई आधारमानि निकायलाई छुट दिएको स्पष्ट हुन्छ । निकायको कर दायित्वलाई लुकाई हिताधिकारीको कर दायित्वका आधारमा सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा निकायको आयमा गणना गर्न नपर्ने गरी निर्णय गरिएको देखिएकोले उक्त निर्णयले कम्पनी वा निकायको कर दायित्व नै खारेज भएको स्पष्ट हुन्छ ।
आयकर ऐन तथा नियमावलीका व्यवस्थालाई आधार बनाई आयकर निर्देशिका २०६६ ले पनि कुनै पनि निकायको नाफा बाहेकको आम्दानीको उदाहरण सेयर प्रिमियमलाई उल्लेख गरेको छ । निर्देशिकाको १३.९ बुदाँमा भनिएको छ,“ऐन र नियमावलीको उपयुक्त व्यवस्था बमोजिम कुनै निकायले आप्mनो नाफा नोक्सानमा प्रतिविम्बित नभएको कुनै मुनाफा वा लाभ वा आयको रकम लाभांशको रूपमा वितरण गरेमा त्यसरी वितरण भएको रकमलाई वितरण भएको आय वर्षको आय गणना गर्दा सो निकायको आयमा समेत समावेश गर्नु पर्दछ ।”

तर, विभागले निकायको कर दायित्व नहुने गरी सेयर प्रिमियबाट भएको आम्दानीबाट लाभांशको रुपमा बोनस सेयर वितरण गर्दा निकायले कर तिर्न नपर्ने तर हिताधिकारी वा सेयरधनीलाई कर लाग्ने गरी व्याख्या गरेको छ । त्यसैगरी निकायको आयमा समावेश नगरी अन्तिम रुपमा कट्टी हुने गरी हिताधिकारीहरु (शेयरधनी) लाई वितरण गर्दा ५ प्रतिशतको दरले कट्टी गर्ने व्यवस्था मात्र देखिन्छ । यसले आयकर दरमा परिवर्तन एवं निकायको कर दायित्व हटाई हिताधिकारीहरुको कर दायित्व मात्र आकर्षित भएको अवस्था स्पष्ट हुन्छ ।

महालेखा परिक्षककको कार्यलयले ५७ खौ प्रतिवेदनमा सेयर प्रिमियमबाट लाभांश वितरण हुदाँ उठाउनु पर्ने कर बेरुजुरु रहेको उल्लेख गरेको थियो । सो बेरुजु आन्तरिक राजस्व विभागले सेयर प्रिमियबाट लाभांश वितरण गर्दा निकायले कर तीर्न नपर्ने भनि गरेको निर्णय सहित फछ्र्योट भएको जानकारी महालेखालाई गराएको थियो । सो निर्णय नै आयकर ऐनको दफा १३९ र १४२ प्रतिकुल भएको भन्दै महालेखाले फछ्र्यौछ नहुने उल्लेख गर्दै ठुला करदाताको कार्यालयलाई पत्राचार गरेको छ । महालेखाले ठुला करदातालाई पठाएको उक्त पत्र अर्थमन्त्रालय र आन्तरिक राजस्व कार्यलयलाई बोधार्थ दिएको छ ।

महालेखाले ५७ खौ प्रतिवेदनमा सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा निकायबाट उठाउनु पर्ने कर बेरुजु देखिएको फछ्र्यौट नभएपछि ५८ औ प्रतिवेदनमा पनि थप कम्पनीहरु हरुरको हकमा पनि बेरुजु देखाएको छ । महालेखाले अस्विकार गरेको निर्णयलाई आधार मान्दा आयकर ऐनमा संशशोधन गर्ने अधिकार समेत महानिर्देशकले प्रयोग गरेको देखिन्छ । संसदको अधिकार समेत महानिर्देशकले प्रयोग गरेको हुनाले अख्तियारको दुरुपयोग नभएको भन्न नसकिने स्पष्ट हुन्छ ।

आयकर ऐन, नियम र निर्देशिकामा भएको व्यवस्था

 १) आयकर ऐनको दफा ७(२) (ज) अनुसार परिच्छेद ६ वा ७ तथा दफा ५६(३) र ६० बमोजिम समावेश गरिनुपर्ने अन्य रकमहरु पनि व्यवसायबाट भएको आयको गणना हुनुपर्ने व्यवस्था छ ।

 २) ऐनको दफा ५६ को उपदफा ३ मा कुनै निकायले कुनै हिताधिकारीलाई लाभाशं को रुपमा मुनाफा बाहेकको लाभाशंको वितरण गरेमा त्यस्तो लाभाशंको रकमलाई सो निकायको आय गणना गर्दा समावेश गर्नु पर्नेछ । तर आयकर नियमावलीको नियम १८ मा सेयर प्रिमियम आम्दानीबाट जारी भएको लाभांश समावेश भएको देखिन्न ।

 ३) आयकर निर्देशीकाको १३.९ मा ुुकुनै निकायको नाफा नोक्सानमा प्रतिविम्बित नभएको मुनाफा वा लाभ वा आयको उल्लेखनीय उदाहरण शेयर प्रिमियम बापत प्राप्त हुने रकमलाई लिन सकिने गरि व्याख्या भएको छ ।

 ४) साथै सोही आयकर निर्देशीकाको १३.९ मा शेयर प्रिमियम खातामा आम्दानी बाधिएको रकम मध्ये बोनस शेयर जारी गर्न प्रयोग भएको अवस्थामा ऐनको दफा ५३(१)(क) बमोजिमको भुक्तानी सरह मानी अन्तिम रुपमा कर कट्टीको विधिले कर लगाउनु पर्छ भन्ने उल्लेख गरिएको छ ।

 ५) माथि उल्लेखित (१),(२),(३) बुदाँ अनुसार शेयर प्रिमियमबाट लाभांश वितरण गरेको रकम आयकर ऐनको दफा ७(२)(ज) अनुसार निकायको आयमा गणना गरि निकायको आयकर दर आकर्षित हुने देखिन्छ । तर, बुदाँ (४) अनुसार निकायको आयमा समावेश नगरी अन्तिम रुपमा कट्टी हुने गरी हिताधिकारीहरु(शेयरधनी) लाई वितरण गर्दा ५ प्रतिशतको दरले कट्टी गर्ने व्यवस्था मात्र देखिदा आयकर दरमा परिवर्तन एवं निकायको कर दायित्व हटाई हिताधिकारीहरुको कर दायित्वमा स्वत आकर्षित भएको अवस्था देखिएको ।

 ६) आयकर निर्देशीकाको नियम ३२.७.२ मा उल्लेख भए अनुसार आन्तरीक राजश्व विभागले आयकर ऐनको दफा १३९ अनुसार निर्देशीका वनाई जारी गर्नसक्ने व्यवस्था अन्तरगत निर्देशीका जारी भएको र सोही ऐनको दफा १३८ अनुसार जारी गरिएको आयकर नियमावली, २०५९ को अधीनमा रही ऐन तथा नियमावलीसंग नबाझिने गरि विभागले निर्देशीका बनाई जारी गर्न सक्ने व्यवस्था छ । यसरी जारी गरेको निर्देशीका आयकर ऐन र नियमावली संग बाझिएको अवस्था बाझिएको हदसम्म स्वतः निष्कृय हुने व्यवस्था छ ।

 ७) आयकर निर्देशीकाको ३२.१० अनुसार आयकर ऐनको दफा १४२ अनुसार प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि सालवसाली लागु हुने आर्थिक ऐनले यस ऐनमा संसोधन गरी कर लगाउने, निर्धारण गर्ने, वढाउने, घटाउने, छुट दिने वा मिनाहा दिने सम्बन्धी व्यवस्था गरेकोमा बाहेक अन्य कुनै पनि ऐनले यस ऐन बमोजिमका करका व्यवस्थाहरुमा कुनै पनि संसोधन, परिवर्तन वा कर सम्बन्धी अन्य व्यवस्था गर्न सक्ने छैन भन्ने उल्लेख भएता पनि माथि उल्लेखित दफा ५ मा करको दर नै परिवर्तन र करदाता नै परिवर्तन(निकायबाट हिताधिकारी) भएको अवस्था रहेको देखिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।