चिलिमे जलविद्युतको २५ औं वार्षिक साधारण सभा पुस २३ गते

0
Shares

चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले पुस २३ गते २५ औं वार्षिक साधारण सभा सम्पन्न गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न बैठकले रजिष्टर्ड कार्यालय, कपनमार्ग, माहाराजगञ्ज, काठमाडौंमा पुस २३ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट २५ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिको बैठकबाट गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरिएको चुक्ता पूँजीको ७.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.५० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

चिलिमेले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १५ गते बिहीबारदेखि २३ गते शुक्रबारसम्म बुकक्लोज गर्ने भएको छ ।

तोकिएको बुकक्लोजका आधारमा पुस १४ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७८, सोमबार  १३ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।