ललितपुर उवा संघको ४१ औ वार्षिक साधारण सभाको उद्घाटन आज, अध्यक्षमा जोशी र न्याछ्योंबीच प्रतिस्पर्धा

0
Shares

ललितपुर उद्योग वाणिज्य संघको ४१ औ वार्षिक साधारण सभाको आज उद्घाटन हुँदैछ ।

संघको अध्यक्ष पदका लागि भरतलाल जोशी र मनोजबहादुर न्याछ्योंको उम्मेदवारी परेको छ । निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा जोशीको प्यानलबाट बालकृष्ण श्रेष्ठ, उपाध्यक्षहरुमा उद्योग तर्फबाट अमिरराज ताम्रकार, वाणिज्य तर्फबाट उसन बज्रचार्य, संस्थागत तर्फबाट राजेन्द्रकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।

उता न्याछ्योको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य र उपाध्यक्षहरु उद्योग तर्फबाट सुसन महर्जन, वाणिज्य तर्फबाट नारायण गोपाल श्रेष्ठ, संस्थागत तर्फबाट वीरेन्द्रलाल श्रेष्ठ भिड्दैछन् ।

न्याछ्योंको प्यानलबाट महासचिवमा रुपकमान महर्जन, कोषाध्यक्षमा सविनलाल प्रधानको उम्मेदवारी परेको छ । जोशीको प्यानलबाट महासचिवमा सन्देश महर्जन र कोषाध्यक्षमा सचेन्द्रराज जोशीले दिएका छन् । भूमिनन्दन कर्माचार्यले कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कार्यसमिति सदस्यमा उद्योगतर्फबाट ६ जना, वाणिज्य तर्फबाट ७ जना, संस्थागत र एशोसिएट तर्फबाट एकरएक जना रहने व्यवस्था छ । उम्मेदवारी भने उद्योगतर्फबाट १२ जना, वाणिज्यतर्फ १३ जनाको परेको छ । संस्थागत क्षेत्रबाट पूर्ण बहादुर महर्जन र एशोसिएट क्षेत्रबाट नवीनमान श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

संघमा उपाध्यक्षमा उद्योग, वाणिज्य, संस्थागत र एशोसिएटतर्फबाट गरी चार जना रहने व्यवस्था छ । उपाध्यक्ष (एशोसिएट) का लागि विधानको दफा ६ र ३ मा कम्तिमा ५० वटा एशोसिएट सदस्य पुगे मात्र पदको व्यवस्था हुने प्रावधान भएकाले संघमा सो संख्या नपुगेको हुँदा सो पद रिक्त रहने भएको छ ।
मतदान पुस १८ गते बिहान ८ देखि दिउँसो ३ बजेसम्म पाटनमा हुनेछ । १ हजार ३२० जनाले मतदान गर्नेछन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७७, शुक्रबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।