सुन चाँदीको मूल्य पुस महिना यताकै महंगो

0
Shares

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य पुस महिना यताकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार स्थीर रहेको सुन आज तोलामा ८०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ , तेजावी ९४ हजार ८ सय रुपैयाँ र चाँदी तोलामा १ हजार ३२५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ , तेजावी ९४ हजार रुपैयाँ र चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस अघि पुस ६ गते छापावाला सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँ , तोजावी ९४ हजार ७ सय रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयाँ नै यस हिजो सम्म सबैभन्दा बढी मूल्य थियो । तर आज सो मूल्यको रेकर्ड तोडिएको छ ।

नेपाली बजारमा सुनको भाउ २०७७ साउन २३ गते शुक्रबार इतिहासकै सबैभन्दा धेरै १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेर त्यसपछि घटेको थियो । चाँदीको भाउ भने साउन २७ गते १ हजार ४३५ रुपैयाँसम्म पुगेर नयाँ रेकर्ड कायम गरी घटेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० पुस २०७७, सोमबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।