सुनको मूल्य लगातार तेस्रो दिन बढ्यो

0
Shares

नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बुधबार छापावाला सुन तोलाको ९६ हजार ७ सय रुपैयाँ, तेजावी ९६ हजार २ सय रुपैयाँ र चाँदी १ हजार ३४० रुपैयाँ तोकिएको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँ, तेजावी ९५ हजार ९ सय रुपैयाँ र चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदीको भाउ तिनदिन यता लगातार बढीरहेको महासंघले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २२ पुस २०७७, बुधबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।