एक लाख ५० हजार घुस सहित सव-इन्जिनियर अख्तियारको फन्दामा

0
Shares

सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा सव इन्जिनियर सुरेन्द्र अधिकारी पक्राउ परेका छन् ।

तनहुँ जिल्लाको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीले पक्राउ गरेको हो ।

आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अधिकारीलाई पक्राउ गरिएको हो ।

सव इन्जिनियर अधिकारीलाई भानु नगरपालिका वडा नं. २, बाट नियन्त्रणमा लिई अनुसन्धान अघि सारीएको सहायक प्रवक्ता एंव सूचना अधिकारी गणेश बहादुर अधिकारीले बताएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ पुस २०७७, बिहिबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।