मालपोतका दुई कर्मचारी ११ हजार घुस सहित अख्तियारको नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय हरिवन, सर्लाहीका दुई कर्मचारीलाई ११ हजार घुस सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मालपोतका नायब सुब्बा बेदनिधी बराल र हरिवन नगरपालिका २ का लेखापढी व्यवसायी राम सुन्दर महतो रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना आधारमा पक्राउ गरेको हो ।

सुब्बा बेदनिधी बराल र लेखाबढी व्यवसायी महतोलाई मालपोत कार्यालय, हरिवनबाट नियन्त्रणमा लिई थप अनुसन्धान अघि सारिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २३ पुस २०७७, बिहिबार  १५ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।