सुनको मूल्य गिरावटमा निरन्तरता, चाँदीको भने स्थीर

0
Shares

तीन दिन लगातार बढेर बिहीबार देखि घट्न थालेको सुनकोभाउले शुक्रबार पनि निरन्तरता पाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको १०० रुपैयाँले घटेको छ भने चाँदी कारोबार मूल्य भने बिहीबारको मूल्य नै तोकिएको छ । यसअघि बिहीबर सुनको भाउ १ हजार ३०० रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ, तेजावी ९४ हजार ८०० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँ निर्धारण गरिएको छ ।

महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ, तेजावी ९४ हजार ९०० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने चाँदी तोलाको १० रुपैयाँले घटेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ पुस २०७७, शुक्रबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।