सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले आर्थिक वर्ष २०७५/७६ बाट शेयरधनीलाई २२ करोड ६८ लाख ५६ हजार ६११ रुपैयाँ बराबरको लाभांश वितरण गर्न भएको छ ।
कम्पनी सञ्चालक समतिको कार्तिक २५ गते सम्पन्न २७६ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५.५२६ प्रतिशत नगद लाभांश (११ करोड ९० लाख ९९ हजार ७११ रुपैयाँ) र ५ प्रतिशत बोनस शेयर (१० करोड ७७ लाख ५६ हजार ९०० रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको थियो ।
लाभांश पारित गर्न कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले माघ ५ गते सोमबार सभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते शुक्रबार बुकक्लोज गरिसकेको छ । यसअनुसार पुस १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र लाभांश र सभामा उपस्थित हुन पाउनेछन् ।
इन्स्योरेन्सले होटल हैसरसन प्लाजा, बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कोरोना भाइरस संक्रमणको जाखिम अझै पनि रहिरहेकाले सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया