
नेरुडे लघुवित्त वित्तीय संस्था (NLBBL) ले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीहरुलाई ३ करोड ८५ लाख लाभांश वितरण गर्ने भएको छ ।
लघुवित्तको पुस २४ गते बसेको सञ्चालक समितिको २६४ औँ बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बराबरको तीन करोड ६५ लाख ८३ हजार ५२४ रुपैयाँ बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत बराबरको १९ लाख २५ हजार ४४८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
अघिल्लो आव २०७५।७६ बाट लघुवित्तले १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद गरी कुल २०.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा लघुवित्तको लाभांश १२.३७ प्रतिशतले घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया