प्रहरीले स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ सहित ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको छ ।
सिरहा न.पा.२१ लकढीगोठबाट नगद सहित सोही न.पा. बस्ने यादवलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आइरहेका यादवलाई प्रहरी चौकी लकढीगोठबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा झोलामा उक्त नगद फेला पारी पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया