नेप्से हालसम्मकै ऐतिहासिक उचाइमा पुग्दा साढे ५ अर्ब बढीको कारोबार

0
Shares

शेयर बजार परिसूचक नेप्से हालसम्मकै ऐतिहासिक उचाइमा पुगेको छ । अघिल्लो दिनको उच्च रेकर्ड ब्रेक गर्दै नेप्से सूचकले किर्तिमानी उचाई हासिल गरेको हो।

अघिल्लो पुस २६ गते आइतबारको रकेर्ड तोड्दै सोमबार नेप्से ३.७० अंकले बढेर हालसम्मकै उच्च २२३९.४२ बिन्दुमा पुगेको हो ।

यसदिनको बजारमा २०८ कम्पनीको एक करोड ३५ लाख ६० हजार बढी कित्ता शेयर ५ अर्ब ५२ करोड ४८ लाख बराबरमा किनबे भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा कम हो । आइतबार ६ अर्ब ३२ करोड ६६ लाख बराबरको कारोबार भएको थियो ।

यसदिन कारोबारमा आएका धेरैजसो समुहका सुचक सकारात्मक रहे । व्यपार, होटल, उत्पादन, अन्य र लघुवित्तको सूचक नकारात्मक रहेपनि समग्र बजारमा भने बढ्यो । यसदिन बैंकिङ, विकास बैंक, जलविद्युत, म्युचुअल फण्ड, वित्त तथा जीवन र निर्जीवन बीमा समूहका सूचक सकारात्मक रहे ।

यसदिन सिद्धार्थ बैंकको सबैभन्दा धेरै ४२ करोड बढी रकमको शेयर किनबेच भएको छ । आरम्भ चौतारी लघुवित्त, नारयाणी विकास बैंक, युनाइटेड फाइनान्सको सर्किट लेभलमा मूल्य बढ्दा सबैभन्दा धेरै मल्टीपरर्पोज फाइनान्सको शेयर मूल्य घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ पुस २०७७, सोमबार  १५ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।