नेपाल प्रहरीले ३४५ ग्राम सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवन भरतपुर घर भएका सुवास गुरुङ र तनहुँ व्यास नगरपालिका ९ बस्ने ३१ वर्षीय टक बहादुर गुरुङलाई सोमबार बिहान पक्राउ गरेको हो ।
कतारको दोहाबाट कतार एअरवेजद्वारा काठमाडौं आएका सुवास गुरुङलाई विमानस्थलको प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटम भित्र लुकाई छिपाई राखेको अवस्थामा सुन फेला परेको थियो । टक बहादुर गुरुङ भने उक्त सुन संकलन गर्न विमानस्थल पुगेका थिए ।
पक्राउ परेका दुबैलाई बरामत सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौजर बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया