
स्वास्थ्य बीमा बोर्ड, टेकु, काठमाडौले विभिन्न पदका लागि करार सेवामा ९ जना कर्मचारी माग गरेको छ । बोर्डले मेडिकल अधिकृत र फार्मेसी अधिकृत पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो ।
मेडिकल अधिकृत पदका लागि ४ जना र फार्मेसी अधिकृत पदका लागि ५ जना गरी कुल ९ जना कर्मचारी माग गरिएको बोर्डले जनाएको छ ।
एमबिबिएस उत्तिर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव हाँसिल गरेका व्यक्तिले मेडिकल अधिकृत पदका लागि आवेदन दिन सक्नेछन् । साथै, फार्मेसी पदका लागि भने एम फार्म उत्तिर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव हाँसिल गरेका व्यक्तिले आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिन भित्र एक हजार रुपैयाँ दस्तुर बुझाई आवेदन दिन सक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया