एनसीसी बैंकको संस्थापक शेयर किन्ने हो ? २५ लाख कित्तामा आवेदन दिने आइतबार अन्तिम दिन

0
Shares

एनसीसी बैंक (NCCBPO) को संस्थापक शेयर खरी दगर्न चाहनुभएको छ भने बैंकले फागुन २ गते आइतबारबाट २५ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको छ । जुन शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ ।

एनबि ग्रुपले एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न खोजेको हो । ग्रुपले विभिन्न ६ वटा संस्थाका नाममा रहेका शेयरमध्ये २५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकले साबिकका संस्थापक शेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन गर्न पाउने गरी ठूलो परिमाणको शेयर बिक्री खुला गर्न लागेको हो ।

लिलामी शेयरमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लिलामी शेयरमा फागुन ९ गते आइतबार कार्यालय समयभित्र सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

शिलबन्दी बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त लिलामी शेयरको आवेदन फागुन १० गते दिउँसो १ बजे सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा खुला गरिने जनाइएको छ ।

एनबि ग्रुप नेपाल प्रालि, सांग्रिला इन्भेष्टमेन्ट प्रालि, एनबि इन्भेष्टमेन्ट प्रालि, मानाङ्क इन्भेष्टमेन्ट, दोलखा भीमसेन इन्भेष्टमेन्ट र हिमालयन क्यापिटलको स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागिएको हो ।

केही दिन अघि मात्र एनसीसी बैंकले १०.२७ प्रतिशतले हुने ९६ लाख ५ हजार ९९७ कित्ता शेयर सूचीकरण गरेको थियो । एनबि ग्रुपले उक्त बोनस वापतको शेयर बिक्री गर्न लागेको देखिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७७, शनिबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।