निर्धन उत्थान लघुवित्तको लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

0
Shares

निर्धन उत्थान लघुवित्त (NUBL) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको साढे २० करोड लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरणका लागि फागुन ११ गते मंगलबारदेखि बुकक्लोज गर्दैछ ।

यसअनुसार बुकक्लोजको अघिल्लो दिन (फागुन १० गते) सोमबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्छन् । लघुवित्तको शेयर सोमबार प्रतिकित्ता १ हजार ६३० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ । 

लघुवित्तले फागुन २५ गते मंगलबार २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले पुस २४ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको २६९ औं बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १३ प्रतिशत (१९ करोड ५० लाख) बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६८ (१ करोड २ लाख ६३ हजार १५८ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रस्तावित लाभांश लघुवित्तको साधारण सभाबाट पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

यस्तै सभाले आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

सभाबाट आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि पारित हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७७, सोमबार  १३ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।