
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरको लिलामी बिक्री आज बन्द हुँदैछ ।
एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको यी तीन लघुवित्तको लिलामी शेयरमा बुधबार (फागुन १२ गते) कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
बैंकले मेरो माइक्रोफाइनान्सको ५ लाख ९८ हजार ५९८ कित्ता, आरएमडिसीको ४ लाख ३६ हजार ३६१ कित्ता र महुली सामुदायिक लघुवित्तको ६१ हजार २०० कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढमा माघ १० गतेदेखि बिक्री खुल्ला गरेको थियो ।
लिलामी शेयरको न्यूनतम मूल्य मेरो माइक्रोफाइनान्सको ४६३ रुपैयाँ, आरएमडिसी लघुवित्तको ५२३ रुपैयाँ र महुली सामुदायिक लघुवित्तको ८१२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा न्युनतम १०० कित्तादेखि १० ले भाग जाने गरी लिलामीमा आएको अधिकतम कित्तासम्म आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया