सारथी नेपाल लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षभन्दा आधा घट्यो

0
Shares

सारथी नेपाल लघुवित्त (SNLB) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको फागुन ११ गते सम्पन्न बैठकले ९.११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत गरी ९.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार लघुवित्तले चुक्ता पूँजी २३ ककरोड ५३ लाख ८६ हजार १५० रुपैयाँको ९.११ प्रतिशतले हुन आउने २ करोड १४ लाख ४४ हजार ३५० रुपैयाँ बराबरको बोनस र ०.४७९४ प्रतिशतले हुन आउने ११ लाख २८ हजार ६५० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ६८ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

अघिल्लो आवको नाफाबाट लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा लघुवित्तको लाभांश ११.४७ प्रतिशतले घटेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।