
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार दुई कम्पनीको ११ लाख ८१ हजार बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार आशा लघुवित्त वित्तीय संस्थाको ३ लाख ४८ हजार ४३२ कित्ता र वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता गरी जम्मा ११ लाख ८१ हजार ९७६ बोनस शेयर सूचीकृत भएको हो ।
यी दुई कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको लाभांश नेप्सेमा सूचीकृत गराएका हुन । आशा लघुवित्तको १५ प्रतिशत र वोमी लघुवित्तले ३० प्रतिशत बोनस शेयर वितरण गरेका थिए ।
सूचीकृत भएको उक्त बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।
मर्जर तथा प्राप्तीका कारण रोक्का भएको वोमी लघुवित्तको शेयर कारोबार अझै नखुलेकाले लघुवित्तको शेयर कारोबार खुलेपछि कारोबार गर्न सक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया