स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमा मूल्य समायोजन भएको छ ।

ल्घुवित्तले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनस शेयरको बुकक्लोजसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

नेप्सेले १२.३९ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता एक हजार ३१५ रूपैयाँ निर्धारण गरेको छ । गत बिहीबार कारोबार भएको अन्तिम कारोबार मूल्य एक हजार ४७८ रुपैयाँका आधारमा नेप्सेले बोनस समयोजन गरी समायोजित मूल्य तोकेको हो ।

यसअनुसार लघुवित्तको आइतबार समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ ।

फागुन २९ गते, शनिबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान साढे ११ बजेदेखि आह्वान गरेको बार्हौँ वार्षिक साधारण सभाका लागिल लघुवित्तले फागुन १५ गते शनिबार बुकक्लोज तोकेको थियो ।

सभाले आव २०७६/७७ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई १२.३९ प्रतिशत बोनस शेयर र ०.५६ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १६ फाल्गुन २०७७, आइतबार  १० : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।