निफ्राको शेयर कारोबार आजदेखि ‘लगानी’ समुहगत सूचकबाट

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगानी समुहगत सूचकबाट कारोबार तथा गणना हुने भएको छ ।

सुरुमा विकास बैंकमा सूचीकृत भई कारोबार सुरु भएको यस कम्पनीको यसअघि अन्य उपसमुहगत सूचकमा कारोबार हुँदै आएको थियो । आजदेखि भने लगानी उपसमुहगत सूचकबाट कारोबार तथा गणना हुनेछ ।

नेप्सेले शुक्रबारदेखि लगानी उपसमूह थप गरेको थियो। यसभन्दा अघि ११ समुहगत परिसूचक ११ रहेकोमा आइतबारदेखि १२ पुगेको छ ।
नयाँ उपसमुहगत परिसूचक लगानीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नागरिक लगानी कोष, जलविद्युत लगानी कम्पनी र एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलमेन्ट कम्पनीलाई समावेश गरिएको छ ।

त्यसैगरी नेप्सेले होटल समुहलाई पनि परिमार्जित गर्दै होटल तथा पर्यटन समुह बनाएको छ । नेप्सेले परिमार्जन गरेको होटल तथा पर्यटन समूहमा चन्द्रागिरी हिल्स कम्पनीलाई पनि समेटी बनाएको हो ।

आइतबार देखि नेप्सेले १२ समुहगत परिसूचक सहित म्यूचुअल फण्ड, सेन्सेटिभ, सेन्सेटीभ फ्लोट र नेप्से गरी १६ सूचक गणना गर्ने जनाएको छ ।

नेप्सेका अनुसार आज (आइतबार) देखि बैंकिङ, विकास बैंक, वित्त, माइक्रो फाइनान्स, जलविद्युत, अन्य, ब्यपार, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी र उत्पादन मूलक समूहको समूहगत परिसूचक गणना हुनेछ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १६ फाल्गुन २०७७, आइतबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।