अधिकांश कम्पनीको शेयरमूल्य घटेपछि एकैदिन ८० अंकले झर्यो नेप्से, ८ अर्बमाथि कारोबार

0
Shares

कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य घट्दा शेयर बजार परिसूचक मापक नेप्से आइतबार ३.१२ प्रतिशत अर्थात ७९.७४ अंकले घटेर २ हजार ४७४ दशमलव ३९ अंकमा झरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण लगानीका अन्य क्षेत्रहरु खुम्चिएर बैंकिङ्ग प्रणालीको ब्याजदर न्यून भई सबैतिरबाट शेयर बजारमा भित्रिएको पार्किङ्ग मनि बाहिरिन थालेसँगै एकपछि अर्को दिन नेप्सेको घट्ने क्रम बढेको हो । बिहीबार ४४ अंकले घटेको नेप्से आइतबार ८० अंकले घटेको छ ।

आइतबार २०७ कम्पनीका १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर ९६ हजार १५१ पटक खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४ पुगेको हो ।

‘पार्किङ्ग मनि’ बाहिरिन थालेपछि दुई हजार ५०० बिन्दुभन्दा तल झर्यो नेप्से

कारोबारमा आएका चार कम्पनी र म्युचुअल फण्ड र डिबेञ्चर सहित जम्मा ११ कम्पनीको शेयरमूल्य बढेको आजको बजारमा होटल तथा पर्यटन उपसमूहको सूचक बाहेक सबै उपसमूहका सूचक ऋणात्मक रहे । यसदिन नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को शेयरमूल्य साढे ६ प्रतिशतले घट्दा सो कम्पनी आवद्ध लगानी उपसमुहको सूचकमा पनि ४.१३ प्रतिशतको गिरावट आएको छ । अन्य, उत्पादनमुलक, जीवन बीमा, जलविद्युत र लघुवित्तको सूचक पनि ३ प्रतिशतभन्दा धेरैले घटेका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-02-28 15:00:00
CGH 414.00 37.00 9.81
CMF2 10.85 0.30 2.84
SICL 2,824.00 77.00 2.80
NICAD8283 1,130.00 19.00 1.71
NICAD8182 1,015.00 15.00 1.50
NLG 1,121.00 11.00 0.99
PBLD84 1,065.00 10.00 0.95
SIC 1,579.00 10.00 0.64
LUK 10.25 0.05 0.49
SRD80 1,050.00 5.00 0.48

आजको कारोबारमा चन्द्र्गिरी हिल्स, शिखर इन्स्योरेन्स, एनएलजी र सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य बढ्दा लक्ष्मी उन्नति कोष, सिटिजन्स म्युचुअल फण्ड २, एनआईसी एशिया डिबेञ्चर ८२।८३, एसबिएल डिबेञ्चर २०८२, सनराइज डिबेञ्चर २०८०, र एनआईसी एशिया डिबेञ्चर २०८१।८२ को मूल्य बढेको हो । यसदिन १९३ वटा कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले गुमाएका छन् ।

यता आजको कारोबारबाट गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी७ प्रतिशतका दरले गुमाएका छन् । गुमाउने कम्पनीको सूचीमा नेपाल फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल हाइड्रोपावर डेभलपर्स र अपि पावर कम्पनीको मूल्य ६ प्रतिशत धेरैले घटेका छन् ।

बरुण हाइड्रोपावर, लिवर्टी इनर्जी, रिडी हाइड्रोपावर, नेशनल र अरुण भ्याली हाइड्रोपार शीर्ष गुमाउने दश कम्पनीको सूचीमा परेका छन् । यी कम्पनीको साढे ५ प्रतिशत धेरैले मूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-02-28 15:00:00
GMFBS 1,434.00 -108.00 -7.00
NFS 318.00 -23.00 -6.74
NIFRA 508.00 -35.00 -6.45
NHDL 291.00 -19.00 -6.13
API 292.00 -19.00 -6.11
BARUN 221.00 -14.00 -5.96
LEC 254.00 -16.00 -5.93
RHPC 176.00 -11.00 -5.88
NHPC 149.00 -9.00 -5.70
AHPC 316.00 -19.00 -5.67

उच्च अंकले घटेको बजारमा शिखर इन्स्योरेन्सको शेयरमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । यसदिन शिखरको १ अर्ब २ करोड १६ लाख ३२ हजार रुपैयाँको शेयर कारोबार भएको हो । कम्पनीको ४ हजार १५९ पटकको कारोबारमा ३ लाख ५६ हजार २१४ कित्ता कारोबारमा आएको छ ।

यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका ६३ करोड बढीको शेयर कारोबार हुँदा ग्लोबल आइएमई बैंक, पुनर्बीमा कम्पनी, र नेपाल लाइपल शीर्ष कारोबार हुने पाँच कम्पनीमा अटाएका छन् । एनआईसी एशिया बैंक, नबिल बैंक नेको इन्स्योरेन्स र प्रभु बैंकको पनि उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-02-28 15:00:00
SICL 1,021,632,824.00 2,824.00
NIFRA 634,955,460.00 508.00
GBIME 340,075,245.00 438.00
NRIC 286,139,790.00 1,425.00
NLIC 257,271,174.00 2,124.00
NICA 246,009,545.00 883.00
NABIL 229,458,666.00 1,296.00
NBL 228,574,639.00 447.00
NIL 226,994,302.00 1,692.00
PRVU 198,194,753.00 447.00

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १६ फाल्गुन २०७७, आइतबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।