आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २ लाख २० हजार कित्ता संस्थापक शेयर मंगलबारदेखि बिक्रीमा आएको छ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सो शेयर बैंकले लिलामी मार्फत बिक्री खुला गरेको हो ।
लिलामी संस्थापक शेयरमा न्यूनतम प्रतिकित्ता ४३४ रुपैयाँ वा सो मूल्यलाई आधार मानेर बढाबढ मूल्यमा बोलकबोल गर्न सकिनेछ । । इच्छुक लगानीकर्ताले चैत २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्यूनतम १०० कित्तादेखि अधिकतम बिक्रीमा ल्याइएको सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
लिलामी मार्फत शेयर खरीदका लागि बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट एक सय रुपैयाँ तिरेर बोलपत्र फारम प्राप्त गर्न र बुझाउन सकिनेछ ।
यसरी आवेदन दिने व्यक्ति तथा संघ संस्थाले आवेदन फारमका साथ नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम, कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व:घोषणा पनि पेश गर्नुपर्ने उल्लेख छ ।
लिलामी शेयर बाँडफाँडमा आवेदन दिएकामध्ये विद्यमान संस्थापाकहरुलाई पहिलो प्राथमिकता दिइने जनाएको छ । त्यसपछि बाँकी रहेको शेयर धेरै मूल्य कबोल गर्ने अन्य व्यक्ति, संघ सस्थालाई बाँडफाँड गरिने जनाईएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया