साताको पहिलो दिन सुनको मूल्य बढ्यो, चाँदीको स्थीर

0
Shares

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलाको ८६ हजार १ सय रुपैयाँ, तेजावी ८५ हजार ६५० रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँ, तेजावी ८५ हजार १५० रुपैयाँ र चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढेपनि चाँदीको भाउ स्थीर रहेको महासंघले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ फाल्गुन २०७७, आइतबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।