नेप्सेमा ४० अंकको ‘बाउन्स ब्याक’, ६ कम्पनीको शेयरमूल्यमा सर्किट

0
Shares

शेयर बजार सूचक मापक नेप्से बुधबार ४०.४० अंकले फर्किएको छ । लगातार ५ कारोबार दिनमा ११७ अंकले घटेको नेप्सेमा मंगलबार २.५६ अंकको झिनो सुधार आएकोमा बुधबार उच्च अंकको वृद्धि देखिएको हो ।  गिरावटपछि आएको बाउन्स ब्याकमा ६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेर सकारात्मक सर्किट लागेको छ ।

सूचक बढेसँगै नेप्से २ हजार ५३२.२४ बिन्दुुमा पुगेको छ । बुधबार २१२ कम्पनीका ८६ लाख २६ हजार ६६७ कित्ता शेयर ४४ हजार ६९७ पटकको कारोबारबाट कारोबार रकम ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा बुधबार १२ लाख कम कारोबार भएको छ ।

कारोबारमा आएका सबै समुहका सूचकमा हरियाली छाएको बजारमा होटल तथा टुरिजम्को इन्डेक्स सर्वाधिक ४.२६ प्रतिशतले बढेको छ । लघुवित्त, अन्य, र जीवन बीमाको सूचकमा २ प्रतिशत धेरेको सुधार देखिएको छ भने म्युचुअल फण्ड १ प्रतिशतभन्दा कम बढ्दा बाँकी सबै १ प्रतिशत बढीले बढेका छन् ।

  • निफ्राको उच्च कारोबार

बुधबारको बजारमा नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक (निफ्रा)को उच्च कारोबार भएको छ । बैंकको ३ लाख ७८ हजार १७ कित्ता शेयर २० करोड रुपैयाँमा खरीद बिक्री भएको हो ।

यसैगरी नेपाल लाइफ, एचआईडिसीएल, अपर तामाकोशी, एनटिसी, नबिल बैंक, प्रभु बैंक संस्थापक, नेपाल बंगलादेश बैंकको १० करोड बढीको शेयर कारोबारमा आएको छ । नेको इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकको पनि उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-03-17 15:00:00
NIFRA 200,488,423.00 530.00
NLIC 188,495,743.00 2,036.00
HIDCL 164,182,944.00 370.00
UPPER 142,012,473.00 644.00
NTC 119,631,980.00 1,195.00
NABIL 116,825,960.00 1,219.00
PRVUPO 107,378,800.00 200.00
NBB 103,170,425.00 318.00
NIL 90,788,921.00 1,599.00
GBIME 73,865,146.00 429.00
  • छ कम्पनीको शेयरमूल्यमा सर्किट

बुधबारको बजारमा ६ कम्पनीको शेयरमूल्य करिब दश प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यसदिन चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड इदिमर्दी, पन्चकन्या माई हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत धेरै बढेको हो ।

यसैगरी युनियन हाइड्रोपावर, कालिका पावर, आरएमडिसी लघुवित्त, समिट लघुवित्त, पाँचथर पावर, एचआईडिसिएल, दिश्यश्वरी हाइड्रोपावर, नेपाल बंगलबादेश बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेशन, सारथी नेपाल लघुवित्त, कर्णाली विकास बैंक, र गुराँस लघुवित्तको शेयर ५ प्रतिशतभन्दा धेरै बढेको हो ।

Symbol LTP Point Change % Change
As of 2021-03-17 15:00:00
CGH 1,175.00 106.00 9.92
JOSHI 146.00 13.00 9.77
GLH 360.00 32.00 9.76
UMRH 260.00 23.00 9.70
PMHPL 193.00 17.00 9.66
KKHC 140.00 12.00 9.38
UNHPL 136.00 11.00 8.80
KPCL 272.00 18.00 7.09
RMDC 1,094.00 62.00 6.01
SMFDB 1,171.00 66.00 5.97
  • घलेम्दी हाइड्रोपावरका शेयरधनीले धेरै गुमाए

बुधबारको बजारमा घलेम्दी हाइड्रोपावरको शेयरमूल्यमा ८.९५ प्रतिशतले घटेको छ । गुडविल फाइनान्स, गुहेश्वरी फाइनान्स, नेशनल हाइड्रोपावर, बैंक अफ काठमाण्ठू, पोखरा फाइनान्स र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य पनि सामान्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-17 15:00:00
GHL 173.00 -17.00 -8.95
GFCL 245.00 -7.00 -2.78
GMFIL 206.00 -4.00 -1.90
NHPC 163.00 -3.00 -1.81
BOKL 289.00 -5.00 -1.70
PFL 249.00 -4.00 -1.58
HURJA 332.00 -5.00 -1.48
NIBPO 390.00 -5.00 -1.27
NHDL 311.00 -3.00 -0.96
MLBL 264.00 -2.00 -0.75

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार  १५ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।