आइपीओ निष्काशनको अनुमति माग्दै थप दुई कम्पनी पुगे धितोपत्र बोर्ड

0
Shares

सर्वसाधारणको लागि शेयर जारी गर्ने अनुमति माग गर्दै थप दुई कम्पनीले धितोपत्र बोर्डमा आवेदन गरेका छन् । बोर्डका अनुसार पछिल्लो चरणमा बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्स कम्पनीले  आइपीओ निष्काशनको अनुमति माग गरेका हुन् ।

बलेफी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता आइपीओ निष्काशन गर्ने अनुमति माग गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

यस्तै ग्रीन भेन्चर्सले त ६२ करोड ५० लाख रुपैयाँ बराबरको  ६२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डसंग अनुमति मागेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
 

प्रकाशित मिति: ५ चैत्र २०७७, बिहिबार  १३ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।