
तिनाउ मिसन डेभलपमेन्ट बैंक (TMDBL) को शेयर संरचना परिवर्तन भएको छ । बैंकको ४ लाख ४९ हजार ७२८ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो ।
बैंकले साबिकको शेयर संरचनाबाट घटाएर संस्थापक शेयरधनीको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम गरेको हो । यससँगै बैंकमा संस्थापक शेयर हिस्सा २.३४ प्रतिशत घटेको छ भने सर्वसाधारणको बढेको हो ।
यसअघि बैंकमा संस्थापक शेयरधनीको हिस्सा ५३.३४ प्रतिशत र सर्वसाधारणको ४६.६६ प्रतिशत रहेको थियो । यसअघि बैंकको गते सम्पन्न साधारण सभाबाट बैंकको ४ लाख ४९ हजार ७२८ कित्ता संस्थापक शेयर हिस्सा सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।
गत मंसिर ७ गते सम्पन्न विशेष साधारण सभाबाट शेयर संरचना परिवर्तन गर्ने निर्णय अनुमोदन गराएको थियो । बैंकले गत साउन ११ गते बैंकले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्न स्वीकृति लिएको थियो ।
तिनाउ मिसन बैंक सिटिजन्स बैंकसँग प्राप्ती हुने अन्तिम चरणमा रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया