नेप्सेमा तीन कम्पनीको १ करोड कित्ता शेयर सूचीकृत, कसको कति ?

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा बिहीबार तीन कम्पनीको १ करोड १४ लाख १ हजार ९९० कित्ता बोनस शेयर बुधबार सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सेञ्चुरी कमर्सियल बैंकको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस शेयर, नेपाल बंगलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस शेयर तथा २२ हजार ८२९ कित्ता हकप्रद शेयर र महिला सहयात्रा लघुवित्त लघुवित्त वित्तीय संस्थाको १ लाख २१ ह्जार कित्ता बोनस शेयर शेयर सूचीकृत भएको हो ।

सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७६/७७ बाट चुक्ता पूँजीको ५.२५ प्रतिशत, नेपाल बंगलादेश बैंकले चुक्ता पूँजीको ६ प्रतिशत, र महिला सहयात्रा लघुवित्तले अघिल्लो आव २०७५/७६ बाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सो शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेञ्चुरी कमर्सियल बैंकको २०७७ पुस १५ गते, नेपाल बंगलादेश बैंकको २०७७ पुस ९ गते र महिला सहयात्रा लघुवित्तको २०७६ चैत ३ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ५ चैत्र २०७७, बिहिबार  १४ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।